Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक ०६, २०८१
Tuesday, October 22, 2024

सोलुखुम्बु  – सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका उम्मेदवार  नाम्गेल जाङ्बु शेर्पा विजयी हुनुभएको हो ।

शेर्पाले नेकपा एमालेका आङ इगेले शेर्पालाई १५० मत अन्तरले पछि   पर्दै नगरपालिकाको मेयर पदमा विजयी हुनुभएको हो । नाम्गेल जाङ्बु शेर्पाले २७५१ मत प्राप्त गर्नुभयो भने एमालेका आङ इगेले शेर्पाले २६०१ मत प्राप्त गर्नुभयो ।

उपमेयरमा भने नेकपा एमालेकी कल्पना राई विजयी हुनुभयो । राईले २७१७ मत ल्याउनुभएको छ । उहाँले नेपाली कांग्रेसकी छुन्डी ल्हमु शेर्पालाई ४३ मतले पछि पर्दै विजयी हुनुभएको हो ।

तपाईको प्रतिक्रिया