Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ र ७ का उम्मेदवारको टुङ्गो आज लगाउने भएको छ । पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी एवम् वरिष्ठ नेताको बैठकले उम्मेदवारको बारेमा निर्णय लिने छ ।

हिजोको बैठकले आज फेरि छलफल गरेर निर्णयमा पुग्ने निष्कर्ष निकालेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । काँग्रेसले निर्वाचन क्षेत्रीय कार्य समितिलाई क्षेत्रअन्तर्गतका नगरपालिका र गाउँपालिकाका उम्मेदवार टुङ्याउने अधिकार दिएको छ ।

क्षेत्रले उम्मेदवार चयन गर्न नसकेमा जिल्ला कार्य समितिले गर्ने र जिल्ला समितिले पनि नसकेमा केन्द्रीय कार्य समितिमा आउने व्यवस्था गरेको छ । केन्द्रीय समितिमा आएका विषयमा पदाधिकारी, पूर्व पदाधिकारी र वरिष्ठ नेताको समूहले निर्णय गर्ने गरेको छ ।

तपाईको प्रतिक्रिया