Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – रंगीन साँझ कार्यक्रममा लागि जापान आउनुभएका लोक तथा दोहोरी गायक पुस्कल शर्माले सर्ट मुभी निर्देशन गर्नुहुने भएको छ । समसामहिक विषयमा आधारित मुभीको कथा सुरेश रेग्मीले तयार पार्नुभएको हो । फिल्मको मुख्य भूमिकामा पनि रेग्मीलाई नै देख्न सकिनेछ ।

चलचित्रको केही भाग टोकियोका विभिन्न ठाउँमा छायांकन गरिने र बाँकी नेपालमै छायांकन गरिने बताइएको छ  । पछिल्लो समय जापानलाई सपनाको शहर ठानेर आएका नेपाली युवाहरुले आत्महत्या गर्ने क्रम बढेसँगै यसैलाई आधार मानेर यो फिल्म बनाउन लागिएको हो । फिल्मको नाम पनि ‘आत्महत्या’ नै राखिएको छ ।

रेग्मीकै कथामा बनेको सर्ट मुभी चेकपोष्ट केहीदिन अघि सार्वजनिक गरिएको थियो । 

तपाईको प्रतिक्रिया