Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

टोकियो – जापानका लागि नवनियुक्त नेपाली राजदूत प्रतिभा राणाले आज जापानी उपबिदेशमन्त्री शिन्सुके सुगियामालाई शिष्टाचार भेट गरी आफ्नो ओहोदाको प्रमाणपत्रको ट्रु कपी (True Copy) पेश गर्नुभएको छ । सोही अवसरमा उहाँले कार्यकाल समाप्त भई नेपाल फिर्ता हुनुभएका पूर्व राजदूत डा. मदनकुमार भट्टराईको रिकल लेटर (Recall Letter) समेत पेश गर्नुभयो ।

टोकियोस्थित नेपाली दूतावासकाअनुसार राजदूत राणा र उपबिदेशमन्त्री सुगियामाका बीचमा भएको भेटका अवसरमा नेपाल जापान बीचको द्विपक्षिय सम्बन्धका विविध आयामहरुका बारेमा सौहार्द्रपूर्ण छलफल भएको छ । सो अवसरमा राजदूत राणाले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउन प्रयासरत रहने र यस कार्यमा सदाझैं जापान सरकारको सहयोग रहीरहने बिश्वास ब्यक्त गर्नुभयो । यसैगरी उपबिदेशमन्त्री यामागुचीले पनि नेपाल जापान बीचको सम्बन्धलाई जोड दिदैं नेपालको सामाजिक आर्थिक बिकासको हरेक प्रयासमा सहयोग गर्न आफु लगायत जापान सरकार सदैव तत्पर रहेको जानकारी गराउनुभयो ।
यसअघि राजदूत राणाले जापानको परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल आकिरा सुगियामासंग पनि शिष्टाचार भेट गर्नुभएको थियो ।उक्त दुवै भेटका अवसरमा नेपाली दूतावास टोकियोका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल र तृतीय सचिव रेबन्त केसीको पनि उपस्थिति रहेको थियो ।

कूटनीतिक प्रचलन अनुसार नवनियुक्त राजदूतले सम्बन्धित राष्ट्रको राष्ट्रप्रमुखलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुअघि सोही देशको परराष्ट्रमन्त्रालयका अधिकारी समक्ष ओहोदाको प्रमाणपत्रको ट्रु कपी (True Copy) पेश गर्ने गरिन्छ । यसैगरी फिर्ता गएका राजदूतको सम्बन्धित देशको परराष्ट्र मन्त्रालयले रिकल लेटर (Recall Letter) पठाउने चलन छ ।

ओहोदाको प्रमाणपत्रको ट्रु कपी (True Copy) पेश भईसकेकोले अब नवनियुक्त राजदूत राणालाई सार्बजनिक कार्यक्रममा भाग लिन बाटो खुल्ने छ । यसै सातामात्र कार्यभार सम्हाल्न जापान आईपुग्नुभएका राजदूत राणासंग अन्तरंग गर्न जापानको नेपाली समुदाय ब्यग्र प्रतिक्षित छ ।

जापानका नेपालीहरुको बढ्दो समस्या, दूतावासबाट यहांका नेपालीहरुले गर्ने उच्च अपेक्षा, यहांका सयौं संघसंस्थाहरुसंगको समन्वय एवं सहकार्य, दुईदेश वीचको सम्बन्ध र सहयोग बिस्तारका भावी आयाम लगायतका बिषयमा नयां राजदूतबाट जापानको नेपाली समुदायले अहम भूमिकाको अपेक्षा गरेको छ । ***

 

तपाईको प्रतिक्रिया