Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – मन्त्रिपरिषद्को निर्णयअनुसार थप भएका स्थानीय तहमा जेठ ३१ गते नै निर्वाचन गराउन नसकिने निर्वाचन आयोगको भनाइ छ ।

आयोगले पत्रकार सम्मेलन गरि थपिएका स्थानमा निर्वाचन असम्भव रहेको बताएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट स्थानीय तह परिवर्तनसम्बन्धी मन्त्रिपरिषद् बैठकको निर्णयको औपचारिक पत्र प्राप्त भए लगत्तै आयोगले यस्तो प्रतिकृया दिएको हो ।
सरकारले हालै मात्र तराई मधेका १२ जिल्लामा २२ स्थानीय तह थप गर्नुका साथै दुई उमहानगरपालिका वीरगञ्ज र बिराटनगरलाई महानगर र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको थियो ।
आयोगको बैठकले यसअघि प्रकाशित निर्वाचन कार्यक्रम अनुसार ४६१ स्थानीय तहमा चुनाव गराउने वातावरण बनाउन सरकारलाई आग्रह समेत गरेको छ । मतदाताको परिर्वतित ठेगाना अनुरुप मतदाता परिचय पत्र छपाई गरी जेठ २७ गतेसम्म सम्वन्धित मतदान केन्द्रमा पुग्ने गरी व्यवस्थापन गर्न नसकिने आयोगको भनाइ छ ।

तपाईको प्रतिक्रिया