Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिए पछि दोस्रो चरणको निर्वाचन सम्बन्धमा फैलिएका विभिन्न हल्लालाई चिर्दै नेपाली कांग्रेसले निर्धारित समयमै निर्वाचन गराउने प्रतिबद्धता जाहेर गरेको छ ।
समसामयीक राजनीतिक अवस्थाबारे छलफल गर्न बिहीबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकले दोस्रो चरणको स्थानीय निर्वाचन जेठ ३१ गते नै गराउने निर्णय गरेको हो । सरकार परिवर्तनले आगामी चुनाव प्रभावित हुनसक्ने आशंका केही राजनीतिक दल र नागरिकहरुमा परिरहेको सन्दर्भमा नेपाली कांग्रेसले यस्तो निर्णय गरेको नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो । प्रदेश नम्बर १, २, ५ र ७ मा जेठ ३१ गते निर्वाचन हुँदैछ ।
बैठकमा चुनावका उम्मेदवार चयनबारे पनि छलफल भएको थियो । जेठ १२ गतेभित्रै उम्मेदवार सिफारिस गरेर सम्बन्धित निकायमा पठाउन कांग्रेसले निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया