Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकामा १ लाख ५३ हजार ५ सय २१ मत गन्दा मेयरमा नेकपा एमाले १२ हजार २ सय ५५ मतले अघि छ । अब झण्डै १९ हजार मत मात्र गन्न बाँकी छ । शुक्रबार बिहानसम्म अन्तिम परिणाम आउने विश्वास गरिएको छ ।

उपमेयर पदमा नेपाली कांग्रेसकी हरिप्रभा खड्गी १८ हजार ९ सय ६९ मतले अघि हुनुहुन्छ । झण्डै गन्न बाँकी मत जति उहाँको अग्रता भएकाले खड्की उपमेयरमा विजयी हुने पक्का देखिएको छ । उसो त मेयरमा पनि एमालेका विद्यासुन्दर शाक्य प्रतिस्पर्धीभन्दा निकै अघि हुनुहुन्छ ।

मेयर
एमाले–विद्यासुन्दर शाक्य – ५१ हजार ९१
कांग्रेस–राजुराज जोशी – ३८ हजार ८ सय ३६
विवेकशील नेपाली–रञ्जु न्यौपाने – १८ हजार ५ सय ६७
साझा पार्टी–किशोर थापा – १४ हजार ४ सय ५२
माओवादी केन्द्र, सर्वोत्तम डंगोल – ५ हजार ७ सय ७९
नयाँ शक्ति, पवित्र बज्राचार्य – ४ हजार ७ सय ९९

उपमेयर
कांग्रेस, हरिप्रभा खड्गी – ४६ हजार ६ सय १२
राप्रपा, राजाराम श्रेष्ठ – २७ हजार ६ सय ४३
साझा पार्टी, निरुपमा यादव – ९ हजार १ सय ८६
माओवादी केन्द्र, शुशिला पौडेल – ७ हजार ७ सय १४

तपाईको प्रतिक्रिया