Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

भक्तपुर  – भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखमा एमालेका वासुदेव थापा र उपप्रमुखमा एमाले कै जुना बस्नेत विजयी हुनु भएको छ ।

आइतबार विहान ४ बजे निर्वाचन अधिकृत दुर्गादेवी गुरुङ्गले सार्वजनिक गरेको मतपरिणाम अनुसार मेयरमा एमालेका थापाले १२ हजार ८ हजार ८६ मत र उपप्रमुखमा बस्नेतले १२ हजार ८३२ मत ल्याएर विजयी हुनु भएको हो ।

नगरप्रमुखमा थापाको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले १० हजार १ सय ६५ मत र उपप्रमुखमा कांग्रेसकै कल्पना राजथलाले ८ हजार ९ सय २ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरि सुर्यविनायक नगरपालिका वडा नं. १० को वडा अध्यक्षमा एमालेका उम्मेदवार शिवराम राउत विजयी हुनुभएको छ । राउतले एक हजार २० मत प्राप्त गरी विजयी हुनु भएको हो भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाल मजदूर किसान पार्टीका पाण्डव सुवालले ३९९ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरि एमालेबाट उम्मेदवारी दिने महिला सदस्य गीता देउजा, दलित महिला सदस्य कमला सुनुवार, सदस्यहरुमा सुभद्रा खत्री र शिवहरी कार्की विजयी हुनु भएको छ ।  विजय भए पछि नगरप्रमुख थापाले सूर्यविनायक नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन आफ्नो कार्यकाल खर्चिने बताउनुभयो ।

उहाँले सूर्यविनायक नगरपालिकालाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने, ग्रामिण क्षेत्रमा शिक्षा, स्वास्थ्यको पहुँच पुर्याउने, खानेपानी, पक्कि सडकको निर्माणलाई पूर्णता दिने, ग्रामिण चक्रपथ निर्माणको कार्यलाई पूर्णता दिने, आमनागरिकको आयआर्जन बृद्धिका कार्यक्रम संचालन गरेर आयस्तर बृद्धिका कार्यक्रमहरु ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उपमेयर बस्नेतले पार्टीले निर्माण गरेको घोषणा पत्र अनुसार कार्य गर्नेप्रतिबद्धता व्यक्त गर्दै महिला उत्थानका कार्यमा आफू सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । सूर्यविनायक नगरपालिकामा कूल १० वटा वडा रहेकोमा ७ वटा वडा नेकपा एमालेले प्यानल सहित विजयी हासिल गरेको छ भने ३ वटा वडामा नेपाली काँग्रेसले विजयी हासिल गरेको छ ।

तपाईको प्रतिक्रिया