Deneme Bonusu Veren Siteler
बिहिबार, पौष २५, २०८१
Thursday, January 9, 2025

काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोले अब दोस्रो चरणको निर्वाचन जेठ ३१ गते नै हुने बताउनु भएको छ। रायमाझीले पहिलो चरणको निर्वाचनमा जनताले आफ्नो पार्टीलाई अहिलेको भन्दा निकै राम्रो भोट दिने आफूहरुले आशा लिएको भएपनि आशा गरेजस्तो मत नआएको स्पष्ट पार्नु भयो।

उहाँले भन्नुभयो,‘हामीले त धेरै ठूलो आशा गरेका थियौं, हुन त हामीले ०७० को निर्वाचन भन्दा राम्रो मत पाएका छौं र हामीले यो भन्दा धेरै नै आशा गरेका थियौं, एउटा कुरा के प्रष्ट भयो भने अझैपनि जनतामा ठूलो भ्रम रहेछ।’ यद्यपी उहाँले आफ्नो पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुधार गर्ने, प्रदेशको चुनावमा धेरै राम्रो गर्न र केन्द्रीय संसदको चुनावमा टप हुने दाबी गर्नु भयो। उहाँले भन्नुभयो,‘माओवादी पहिलो पार्टी हुन्छ, तर केन्द्रीय संसदको चुनावसम्म धैर्य गर्नुहोस्, टोपबहादुरले बोलेको कुरा अहिलेसम्म फेल खाएको छैन, म जे बोल्छु त्यो पूरा हुन्छ।’

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले माओवादी पार्टी एक भएको भए कसैलेपनि पहिलो पार्टी बन्ने सपना नदेखे हुन्थ्यो भन्दै पार्टी विभाजनको बावजुदपनि तेस्रो स्थानमा आउनु खुशीको कुरा भएको बताउनुभयो। उहाँले भन्नुभयो,‘भन्नको लागि त यहाँ माओवादी अब पाँचौ वा छैटौंमा पुग्छ पनि भनियो, तर हामीले त्यसलाई विश्वास गरेका थिएनौं, किनकी माओवादी त्यसै हराएर जाने पार्टी होइन, यो आन्दोलन हो नि।’

उहाँले पहिलो चरणको निर्वाचन सफल रुपमा सम्पन्न भएसँगै संविधान कार्यान्वयन अघि बढेको र प्रतिक्रान्तिको खतरा टरेको समेत स्पष्ट पार्नुभयो।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया