Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार देवकुमार सुवेदी विजयी हुनु भएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार बालाराम शर्मालाई पराजित गर्दैै मेयर पदमा जित हासिल गर्नु भएको हो ।

सुवेदीले १४४०५ मत प्राप्त भएको छ भने शर्माले १३८९९ मत प्राप्त गर्नुभयो ।  उप मेयरमा भने नेकपा एमालेबाट मोहनमाया ढकाल विजयी हुनु भएको छ ।

यसैबीच, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा विजयी भएसँगै नेपाली कांग्रेसले पनि १०० स्थानीय तहमा जित हात पारेको छ ।

पहिलो चरणको चुनाव भएको २ सय ८३ मध्ये २ सय ५९ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । जसमा कांग्रेसले १०० स्थानीय तह जितेको छ ।

तपाईको प्रतिक्रिया