Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

काठमाडौं – मकवानपुरको हेटौंडा उपमहानगर -पालिकाको मेयरमा एमाले र कांग्रेसबीच कडा टक्कर देखिएको छ । लगातार पछि परेका एमाले उम्मेदवार हरिबल महतले ताजा अवस्थामा ९३ मतको अग्रता लिनु भएको छ ।

एमालेका महतले दश हजार चारसय ६ मत पाएका छन् भने कांग्रेस र माओवादीका साझा उम्मेदवार आनन्दराम पराजुलीले दश हजार तीन सय १३ मत प्राप्त गर्नु भएको छ । राप्रपाका उम्मेदवार मधु अधिकारीले भने जम्मा तीन हजार तीन सय ५२ मत पाउनु भएको छ ।  अहिले पाँच नम्बर वडाको मतगणना भइरहेको छ । यो वडा एमाले उम्मेदवार महतको घर भएको वडा हो । यो वडामा मेयर पदमा एमालेले बढी मत पाइरहे पनि वडा अध्यक्षमा भने कांग्रेसका उम्मेदवारलाई बढी मत आइरहेको छ ।

अघिल्ला वर्षहरूमा कमजोर अवस्थामा देखिने गरेको कांग्रेसले यसपटक एमालेलाई निकै कडा टक्कर दिइरहेको र अग्रता तलमाथि भइरहेको परिणाम के आउँछ भन्ने अहिले नै आँकलन गर्न सकिने अवस्था देखिँदैन । हेटौंडाका १९ वडामध्ये अहिलेसम्म १, २, ३, ४, १९, १८ र १७ नम्बरको मतगणना भइसकेको छ ।

तपाईको प्रतिक्रिया