Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

भक्तपुर  – सूर्यविनायक नगरपालिका वडा नं. ७ मा अध्यक्ष रविन्द्र सापकोटासहित एमालेको पूरै टिम विजयी भएको छ ।

वडा अध्यक्षमा सापकोटाले १ हजार ५ सय ३४ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटत प्रतिद्वन्द्वी कांग्रेसका कृष्ण भक्त खत्रीले ७ सय ६९ र राप्रपाका धर्मराज थापाले ३ सय ३७ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै महिला वडा सदस्यमा सरिता कुँवर, दलित महिला सदस्यमा लक्ष्मी परियार र खुला सदस्यद्वयमा कृष्णजीत माकजु र अर्जुन खतिवडा विजयी भएका छन् ।

शनिबार विहानसम्ममा सूर्यबिनायक नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बिष्णुराज कार्कीले ८ हजार १७६ र उपमेयरमा एमालेकी जुना बस्नेतले ८ हजार ९१७ मतले अग्रस्थानमा रहेका छन् । मेयरमा एमालेका बासुदेव थापाले ७ हजार ९७५ मत र उपमेयरमा कांग्रेसकी कल्पना राजथलाले ६ हजार ९१७ मत ल्याई दोस्रो स्थानमा रहेका छन् ।

तपाईको प्रतिक्रिया