Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

नुवाकोट  – नुवाकोटको पञ्चकन्या गाउँपालिकामा माओवादी केन्द्रका तेजबहादुर तामाङ विजयी हुनुभएको छ । उहाँले ३ हजार ९ सय ६१ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामेश्वर थापाले २ हजार ८ सय ५४ मत ल्याउनुभएको छ ।

यस्तै पञ्चकन्या गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रसकी सीता पराजुली खड्काले २ हजार ७ सय ९३ मत सहित विजयी हुनुभएको छ  । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका प्रकृति रिमालले २ हजार ५ सय ७८ मत ल्याउनुभएको थियो ।

५ वटा वडा रहेको पञ्चकन्या गाउँपालिकामा ३ वटा गाउँपालिकामा माओवादी केन्द्र, एउटामा नेपाली कांग्रस तथा एउटामा एमालेले जितेको छ ।

तपाईको प्रतिक्रिया