Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

म्याग्दी – म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भवबहादुर भण्डारी  विजयी हुनुभएको छ । उहाँले ४ हजार ४ सय ३४ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका खिमबहादुर शाहीले २ हजार ७ सय ३० मत प्राप्त गर्नु भएको छ । उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै कमला तिलिजाले ३ हजार ८ सय ४७ मत प्राप्त गरी निर्वाचित हुनुभयो ।

उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारीले २ हजार ६ सय ६२ मत प्राप्त गर्नुभएको छ । ११ हजार ५ सय ६३ मतदाता रहेको रघुगंगामा ७ हजार ९ सय ५० मत खसेको थियो । यो गाउँपालिकाको १, ३, ४, ५, ६, ७ र ८ नम्बर वडामा नेपाली कांग्रेस तथा २ नम्बर वडामा माओवादी केन्द्र र एमालेका उम्मेदवार विजयी भएका छन् ।

तपाईको प्रतिक्रिया