चितवन – चितवनको भरतपुर महानगरपालिकामा एमालेले अग्रता बढाउँदै गएको छ । कांग्रेससँग सहकार्य गरेर माओवादीको तर्फबाट उम्मेद्वार बन्नुभएकी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललाई पछि पार्दै एमाले उम्मेद्वार देवी ज्ञावालीले अग्रता लिइरहनुभएको छ ।
अहिलेसम्म मेयरमा एमालेका देवी ज्ञवाली ७३७४ मतका साथ अगाडि हुनुहुन्छ । उहाँले दाहाललाई १६४० मतले पछि पार्नुभएको छ ।
मेयर
- (एमाले) देवी ज्ञवालीः ७३७४
- (माओवादी–कांग्रेस गठबन्धन) रेणु दहालः ५७३४
उपमेयर
- कांग्रेस–माओवादी–पार्वती शाहः ६६८५
- एमाले–दिव्या शर्मा आचार्यः ६२४६