Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

दैलेख – एमालेले दैलेखको सदरमुकाम नारायण र चामुण्डा नगरपालिकामा मेयर तथा उपमेयर समेत बहुमत संख्या जितेको छ । आठबीसमा मेयर र दुल्लू नगरपालिकामा उपमेयर एमाले जितेको छ ।

गाउँपालिका तर्फ ठाँटीकाँध, भैरवी, महाबु र भगवतीमाईमा पनि एमाले अध्यक्ष तथा उपाध्यक्ष, वडामा समेत बर्चस्व कायम गरेको छ । नेपाली काँग्रेसले दुल्लू नगरपालिकामा मेयर र आठबीसमा उपमेयर जितेको छ । काँग्रेसले डुंङ्गेश्वर, नौमूले र गुराँस गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष सहित बहुमत हासिल गरेको छ ।

जिल्लाभरका ९० वटा वडा मध्ये २ वडा नेमकिपा, १ राप्रपा र बाँकी काँगे्रसले ३३ र एमालेले ५४ जितेका छन् । माओवादी केन्द्रले एउटै वडा पनि जितेन ।

नेकपा एमालेले जितेका 

नारायण नगरपालिका

मेयर – रत्नबहादुर खड्का
उपमेयर – सावित्री मल्ल

चामुण्डा बिन्द्रासैनी नगरपालिका

मेयर – सूर्यबहादुर शाही
उपमेयर – तारा शाही खत्री

आठबीस नगरपालिका

मेयर – खड्गराज उपाध्याय

दुल्लू नगरपालिका

उपमेयर – बिशनु थापा

भगवतीमाई गाउँपालिका

अध्यक्ष – दानबहादुर थापा
उपाध्यक्ष – चन्दा रेग्मी

महाबुगाउँपालिका

अध्यक्ष – जंगबहादुर शाही
उपाध्यक्ष –  प्रेमकुमारी बुढा

भैरबी गाउँपालिका

अध्यक्ष – प्रेमबहादुर बुढा
उपाध्यक्ष – पदमकुमारी बिष्ट

ठाँटीकाँध गाउँपालिका

अध्यक्ष – धीरबहादुर शाही
उपाध्यक्ष – सुस्मिता सिंह

काँग्रेसले जितेका 

दुल्लू नगरपालिका

मेयर – घनश्याम भण्डारी

आठबीस नगरपालिका

उपमेयर – दीपा बोहोरा

डुङ्गेश्वर गाउँपालिका

अध्यक्ष – नगेन्द्रबहादुर मल्ल
उपाध्यक्ष – सीता ज्ञवाली

नौमूले गाउँपालिका

अध्यक्ष – भदे (भविराम) बुढा
उपाध्यक्ष – अमृता सिंह

गुराँस गाउँपालिका

अध्यक्ष – खेमराज ओली
उपाध्यक्ष – दीपा बीसी

तपाईको प्रतिक्रिया