Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

सुर्खेत  – सुर्खेतको लेकबेसी नगरपालिकाको मेयरमा एमालेका गगनसिं सुनार ५७५३ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश पौडेलले ४३९९ मत प्राप्त गर्नुभयो । यस्तै माओवादी केन्द्रका खडग घर्तीले २०९९ मत प्राप्त गर्नुभयो ।

यस्तै उपमेयरमा पनि एमालेकी शान्ति छन्तेल ५ हजार ७४० मत पाएर विजयी हुनुभएको छ । यस्तै कांग्रेसकी लीलामति बिकले ४४३८ र माओवादी केन्द्रकी आरती बिकले १९५७ मत पाउनुभएको छ ।

१० वटा वडा रहेको लेकबेसी गाउँपालिकाको  ६ वटा वडामा एमाले, ३ वटामा कांग्रेस र एउटा वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ । चार गाउँपालिका र २ नगरपालिका रहेको सुर्खेतमा २ गाउँपालिका र १ नगरपालिकामा जित हार छिनोफानो भइसकेको छ ।

तपाईको प्रतिक्रिया