Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

तनहुँ  – तनहुँको म्याग्दे गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी माया राना विजयी हुनुभएको हो ।

बिहीबार बिहान सम्पन्न मतगणना अनुसार रानाले ४५६४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका श्रीप्रसाद श्रेष्ठले ३५६४ मत प्राप्त गर्नुभयो । त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकै बालकृष्ण घिमिरे विजयी हुनुभएको छ ।

उहाँले ४७१४ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी रत्ना घिमिरेले ३२६० मत प्राप्त गर्नुभयो । म्याग्दे गाउँपालिकाको वडा नम्बर १, ३, ४ र ५ मा कांग्रेसले जितेको छ भने २, ६ र ७ मा एमालेका उम्मेद्वारले जितेका छन् ।

तपाईको प्रतिक्रिया