Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

नवलपरासी, जेठ ४- नवलपरासीको पछिल्लो मतपरिणाम अनुसार देबचुली र मध्यबिन्दु नगरपालिमा कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । मध्यविन्दु नगरपालिकाको मेयरमा काँग्रेसका चन्द्रवहादुर रानाले १० हजार ९ सय ९६ मत सहित जित हात पार्नुभएको हो ।

एमालेका भीमलाल अधिकारीले १० हजार ६५ मत पाउनुभयो । उपमेयरमा काँग्रेसकी ओमकुमारी महतो विजयी हुनुभयो । उहाँले १० हजार ८ सय ३५ मत पाउनुभयो । देबचुली नगरपालीकाको प्रमुखमा नेपाली कांग्रेसका पुर्णप्रसाद श्रेष्ठ र उपप्रमुखमा एमालेकी पार्बती तिवारी बिजयी हुनुभएको छ ।

मतगणना भइरहेको गैडाकोटमा एमाले र कावासोती नगरपालीकामा नेपाली कांग्रेसका उम्मेद्वारले अग्रता लिएका  छन् । त्यस्तै बुङ्दीकाली, त्रिबेणी बिनयी, हुप्सेकोट र बुङलिङटार गाउपालीकामा नेपाली कांग्रेस बिजयी भएको छ ।

नवलरासीका ८ स्थानीय तह मध्ये ६ वटामा नेपाली कांग्रेस विजयी भएको छ ।

तपाईको प्रतिक्रिया