काठमाडौं – पहिलो चरणको स्थानीय तह निर्वाचनको मत परिणाममा नेकपा एमालेले अग्रता हासिल गरेको छ । अहिलेसम्म भएको १ सय ४५ स्थानको मतगणनाको अन्तिम परिणाममा नेकपा एमालेले ५९ स्थानमा विजयी हासिल गरेको छ ।
त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ५७ स्थानमा विजयी भएको छ भने नेकपा माओवादी केन्द्र २४ स्थानमा विजयी भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँशक्तिले एक–एक स्थानमा जित हात पारेका छन् ।
पछिल्लो परिणामअनुसार धादिङको ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका विनोद तिमल्सिना विजयी भएका छन् । रुकुमको चौरजहारी नगरपालिकामा माओवादी केन्द्रका विशाल शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको छ । उपाध्यक्षमा पनि माओवादीकै राधा रोकाया विजयी हुनुभएको छ ।
नवलपरासीको मध्यविन्दु नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चन्द्रबहादुर राना विजयी हुनुभएको छ । मकवानपुरको भिमफेदी गाउँपालिकामा एमालेका हिदम लामा विजयी हुनुभयो ।
म्याग्दीको मंगला गाउँपालिकाको प्रमुखमा एमालेका शतप्रसाद रोका र उपाध्यक्षमा एमालेकै सिर्जना केसी विजयी हुनुभएको छ ।
कालिकोटको खडाचक्र नगरपालिकाको प्रमुखमा एमालेका जसीप्रसाद पाण्डे विजयी हुनुभयो भने उपप्रमुखमा एमालेकै विजया विष्ट विजयी हुनुभयो । पर्वतको विहादी गाउँपालिकाको प्रमुखमा एमालेका कमलप्रसाद भुषाल विजयी हुनुभयो ।
काभ्रेको रोसी गाउँपालिकाको प्रमुखमा कांग्रेसका दलबहादुर लामा विजयी हुनुभएको छ भने उपाध्यक्षमा कांग्रेसकै लक्ष्मी बर्तौला विजयी हुनुभएको छ ।
कालिकोटको रास्कोट नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका काशीचन्द्र बराल विजयी हुनुभएको छ । बाग्लुङको बडीगाड गाउँपालिकाको प्रमुखमा एमालेका मेयरसिंह बराल विजयी हनुभयो ।
रामेछापको मन्थली नगरपालिकाको प्रमुखमा एमालेका रमेशकुमार बस्नेत र उपप्रमुखमा पनि एमालेकै माया कार्की विजयी हुनुभएको छ ।
बाग्लुङ निसी खोला गाउँपालिकामा कांग्रेसका तारानाथ शर्मा विजयी हुनुभयो । तनहुँको आबुखैरनी गाउँपालिकाको प्रमुखमा कांग्रेसका गिरबहादुर थापा र उपप्रमुखमा कांग्रेसकै पुष्पादेवी श्रेष्ठ विजयी हुनुभएको छ ।
धादिङ खनियावास गाउँपालिकामा कांग्रेसका रणबहादुर तामाङ र उपप्रमुखमा माया तामाङ विजयी बन्नुभएको छ । बाग्लुङ काठेखोलामा गाउँपालिकामा एमालेका अमर थापा अध्यक्षमा र उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका अर्जुन खत्री विजयी हुनुभयो ।
नवलपरासीको देवचुली नगरपालिको प्रमुखमा कांग्रेसका पूर्ण कुमार श्रेष्ठ र उपप्रमुखमा एमालेकी पार्वती तिवारी विजयी बन्नुभयो ।काठमाडौंको दक्षिणकाली नगरपालिकाको प्रमुखमा कांग्रेसका मोहन बस्नेत र उपप्रमुखमा कांग्रेसकै बसन्ती डंगोल तामाङ बन्नुभएको छ ।
काठमाडौंको शंकरापुर नगरपालिकामा नेकपा एमालेका सुवर्ण श्रेष्ठ र उपप्रमुखमा एमालेकै शुक्रलक्ष्मी शाक्य विजयी हुनुभएको छ ।गोरखाको सिरानचोक गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजु गुरुङ र उपाध्यक्षमा रीता देवकोटा विजयी हुनुभएको छ ।
सल्यानको कपुरकोट गाउँपालिकामा एमालेका भीमबहादुर सेन र तिला बुढा मगर विजयी हुनुभएको छ । नवलपरासीको हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी पाण्डे र उपाध्यक्षमा कोपिला मल्ल विजयी हुनुभएको छ ।
हुम्लाको नाम्खा गाउँपालिकामा माओवादी केन्द्रका विष्णुमाया तामाङ र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार पेमा तमाङ विजयी हुनुभएको छ ।सल्यानको छत्रेश्वरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका सन्तोष केसी उपाध्यक्षमा सीता केसी विजयी हुनुभएको छ ।
लमजुङको दूधपोखरी गाउँपालिकामा कांग्रेसका छपीमाया गुरुङ र कमलप्रसाद धिताल विजयी हुनुभएको छ । सुर्खेत बराहताल गाउँपालिकाको अध्यक्षमा कांग्रेसका तेजबहादुर वस्नेत र शोभाकुमारी शर्मा विजयी हुनुभएको छ ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा नेकपा एमालेका खिम थापा विजयी हुनुभएको छ । धादिङको नेत्रावती गाउँपालिकाको अध्यक्षमा पनि एमालेकै दुर्गा शाक्य विजयी हुनुभएको छ ।
धादिङको रुविभ्याली गाउँपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका चेरुङ तामाङ र बिना लामाले जीत हात गर्नुभयो । रसुवाको पार्वती कुण्ड गाउँपालिकामा नयाँशक्तिका बुर्चुङ तामाङ अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा भने एमालेकी नवीना तामाङ विजयी हुनुभएको छ ।
चितवनको इच्छाकामना गाउँपालिकामा कांग्रेसकी गीता गुरुङ र उपाध्यक्षमा कीर्तिकुमार श्रेष्ठ विजयी हुनुभएको छ । दैलेखको गुराँस गाउँपालिकाको अध्यक्षमा कांग्रेसका खेमराज ओली विजयी हुनुभएको छ ।
जुम्लाको चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसकी कान्तिका सेजुवाल र उपप्रमुखमा माओवादी केन्द्रकी अप्सरा देवी न्यौपाने विजयी हुनुभएको छ । बाग्लुङको ढोरपाटन नगरपालिकामा एमालेका देबकुमार नेपाली र करमति पुन विजयी हुनुभएको छ ।
नुवकोटको दुप्चेश्वर गाउँपालिकामा कांग्रेसका योविन्द्र तामाङ अध्यक्षमा तथा उपाध्यक्षमा पनि कांग्रेसकै अञ्जु आचार्य विजयी हुनुभएको छ । स्याङ्जाको चापाकोट नगरपालिकाको मेयरमा कांग्रेसका शिवकुमार गिरी र उपमेयरमा विमला श्रेष्ठ विजयी हुनुभएको छ ।
यस्तै स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकामा कांग्रेसका दीघनारायण अर्याल र माया केसीले जित्नुभएको छ । तनहुँको घिरिङ गाउँपालिकामा एमालेका रणबहादुर राना र सरस्वती सिग्देल विजयी हुनुभएको छ । । यस्तै गोरखाको अजिरकोट गाउँपालिकामा कांग्रेसका फणिन्द्र धिताल र चन्द्रा गुरुङ विजयी हुनुभएको छ ।