Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – ललितपुर महानगरपालिकामा मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार ललिपुर महानगरपालिकामा एमाले र कांग्रेसबिच कडा प्रतिस्पर्धा देखिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार अहिले मेयरमा एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले ९४४२ मत ल्याउनुभएको छ । दोस्रो स्थानमा रहनुभएका कांग्रेसका चिरीबाबु महर्जन ९४३२ मत ल्याउनुभएको छ । एमालेका व्यञ्जनकार कांग्रेसका महर्जन भन्दा मात्रै १० मतले अघि हुनुहुन्छ ।

ललिपुर महानगरपालिका (मेयर)

  • एमाले–हरिकृष्ण व्यञ्जनकारः ९४४२
  • कांग्रेस–चिरीबाबु महर्जनः ९४३२

ललितपुरको वडा नम्बर ९ मा कांग्रेस विजयी भएको छ । कांग्रेसका राजु महर्जनले  १७ सय मत ल्याएर वडा अध्यषमा जित्नु भएको हो । वडा नम्बर ९ मा दलित महिला सदस्यमा भने एमालेले जितेको छ । यस्तै वडा नम्बर १० मा भने स्वतन्त्रतर्फबाट नर्सिङ व्यञ्जनकार विजयी हुनु  भएको छ ।

तपाईको प्रतिक्रिया