Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काभ्रेको तेमाल गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिका अध्यक्षमा कांग्रेसका सलामसिंह लामाले ३ हजार ९ सय ३७ मत पाएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रदीप तामाङले ३ हजार ३ सय ६३ र माओवादी केन्द्रका गंगाबहादुर दोङ ‘बामध्वज’ ले ३ हजार १ सय ८० मत ल्याउनुभयो । यस्तै उपाध्यक्षमा कांग्रेसकै दुर्गामाया लामाले ३ हजार ७ सय २८ मत ल्याएर विजयी हुनु भयो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी उषा केसीले ३ हजार ३ सय ७ मत र माओवादी केन्द्रकी कल्पना लामाले ३ हजार २ सय ५ मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया