Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – म्याग्दीको मालिका गाउँपालिकामा कांग्रेस विजयी भएको छ । २७०६ मत ल्याएर गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार श्रीप्रसाद रोका विजयी हुनुभएको हो ।

उहाँका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका बेगप्रसाद गर्बुजाले दुई हजार ६२२ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा नेकपा एमालेका खरमाया बिटालु २६९१ मतसहित विजयी हुनुभयो ।

बिटालुका प्रतिस्पर्धी नेपाली कांग्रेसका बिमला रोकाले दुई हजार ६६४ मत पाउनुभएको छ ।

तपाईको प्रतिक्रिया