Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौंका १० नगरपालिका मध्ये ६ वटाका नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्ला मतपरिणाम अनुसार एमालेले ४ स्थानमा अग्रता लिएको छ । काठमाडौंका १० वटै नगरपालिकाको मतगणना महानगरमा जस्तै अत्यन्तै सुस्त गतिमा भइरहेको छ ।

कांग्रेसले अग्रता लिएका नगरपालिका
कागेश्वरी मनहरा नगरपालिका
टोखा नगरपालिका
तारकेश्वर नगरपालिका
नागार्जुन नगरपालिका
चन्द्रागिरी नगरपालिका
गोकर्णेश्वर नगरपालिका

एमालेको अग्रता
कीर्तिपुर नगरपालिका
बूढानीलकण्ठ नगरपालिका
दक्षिणकाली नगरपालिका
शंखरापुर नगरपालिका

यसैबीच बुढानीलकण्ठ नगरपालिकाको मतगणना मंगलवार साँझदेखि नै अवरुद्ध भएको छ । ११ नम्बर वडाको मतगणनामा भइरहँदा खसेको मतभन्दा बढी ७ वटा मतपत्र भेटिएको भन्दै कांग्रेसले गणनामा अवरोध सिर्जना गरेको एमालेको आरोप छ । पुनः मतगणनाका लागि अहिले सर्वदलीय बैठक बस्न लागेको छ ।

तपाईको प्रतिक्रिया