Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले कांग्रेस पार्टीलाई अझै मत दिइरहेको देख्दा आफूलाई अचम्म लागेको बताउनु भएको छ । पार्टीको पुरानो केन्द्रीय कार्यालय बल्खुमा आज २४ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो गर्नुजति नराम्रो काम कांग्रेसले गरेको छ तर चुनावी परिणाममा एमालेसँग टक्करमा आइरहेको छ।

उहाँले एमालेलाई भोट दिनु नपर्ने र अरु पार्टीलाई भोट दिनु पर्ने कुनै कारण नै नभएको समेत बताउनुभयो । एमालेमाथि पहिलेदेखि नै षडयन्त्र र आक्रमण हुँदै आएको उल्लेख गर्दै अध्यक्ष ओलीले मदन भण्डारीको हत्यामा पनि षडयन्त्र रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया