Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौँ महानगरपालिकामा नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ ।
प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्यले एक हजार ३३ मत पाउनुभएको छ भने नेपाली काँग्रेसका राजुराज जोशीले ८ सय ४० मतका साथ पछ्याइरहनुभएको छ । विवेकशील नेपाली पार्टीकी रन्जु दर्शना न्यौपानेले ५ सय १ र साझा पार्टीका किशोर थापाले ३८५ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले राससलाई जानकारी दिनुभयो ।
उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गी श्रेष्ठले ९४२ मतका साथ अग्रता कायम गरिरहनुभएको छ । यसैगरी एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीकी संयुक्त उम्मेदवार राजाराम श्रेष्ठले ६४१ एवम् साझा पार्टीकी निरुपमा यादवले २७४ मत पाउनुभएको छ । महानगरमा अहिले वडा नं १ नम्बर र ३२ नं को मतगणना भइरहेको छ ।
एक नम्बर वडाको मतगणना अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया