Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

रुकुम  – रूकुमको त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका झक्कुप्रसाद घर्ती ३ हजार ९ सय ५८ मत ल्याएर अध्यक्षमा विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी देवकुमार वलीले २ हजार ६ सय ६३ मत पाउनुभयो ।

यस्तै उपाध्यक्षमा पनि ३ हजार ९ सय  ८० मत ल्याएर माओवादी केन्द्रकै निर्मला विष्ट खड्का विजयी हुनु भएको छ । यस्तै बाफिकोट गाउँपालिकामा पनि माओवादी केन्द्रले नै जितेको छ ।  धर्म केसीले ३ हजार ५ सय ६४ मत ल्याएर जित्नु भएको हो भने उपाध्यक्षमा मनकला पुनले ३ हजार ५ सय ७९ मत ल्याएर विजयी हुनु भएको छ ।

रूकुमका चुनाव भएका ६ स्थानीय तह मध्ये मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका, बाफिकोट गाउँपालिका पनि माओवादी केन्द्रले  जितेको छ ।

तपाईको प्रतिक्रिया