काठमाडौं – ललितपुर महानगरपालिकामा मतगणना भइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार ललिपुर महानगरपालिकामा कांग्रेसले अग्रता लिएको छ ।
मेयरका कांग्रेसका उम्मेद्वार चिरीबाबु महर्जन ६०८४ मतसहित अग्र स्थानमा रहनु भएको छ । अहिले एमालेका हरिकृष्ण व्यञ्जनकार पछि पर्नुभएको छ ।
ललिपुर महानगरपालिका (मेयर)
- कांग्रेस–चिरीबाबु महर्जनः ६०८४
- एमाले–हरिकृष्ण व्यञ्जनकारः ५७६९
- माओवादी–दिनेश महर्जनः १३५२
ललितपुरको वडा नं. ६ र ७ मा कांग्रेस विजयी भएको छ । वडा नम्वर ६ मा हिटलर शाक्य र ७ मा कुलबहादुर महर्जन विजयी हुनुभएको हो । ८ र ९ नम्बर वडाको मतगणना सुरु भएको छ ।