Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनामा ढिलाई भइरहेको भनि चौतर्फी गुनासो भइरहेको बेला निर्वाचन आयोगले भने एकसाताभित्रै सबै परिणाम आइसक्ने दाबी गरेको छ ।

मतपत्र ठुलो भएको र हरेक मतपत्रबाट ७ जना प्रतिनिधिको मत गन्नुपर्ने भएकाले केही ढिलाई भएको भन्दै आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले एक हप्ता भित्र सबै मत परिणाम आउने दाबी गर्नुभयो ।  यसैबीच गुनासो सम्बोधनका लागि गणनास्थलमा आजदेखि थप टोली परिचालन हुने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शर्माका अनुसार ठाउँ र आवश्यकता हेरी टोली थप्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई हुने भएकाले त्यस्तो प्रबन्ध गरी गणना कार्यमा चुस्तता ल्याउन निर्देशन दिइएको हो । आयोगले कर्मचारी अपुग वा अन्य समस्या भएमा पनि समाधान गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया