Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – सल्यानको ढोरचौर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले जितेका छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरविर चलाउनेलाई ३ सय ८७ मतले पराजित गर्दै एमालेका चित्र बहादुर चलाउने गाउँपालिकाको अध्यक्ष बन्नुभएको हो ।

उहाँले १ हजार ९ सय २५ मत प्राप्त गर्नुभएको थियो भने माओवादी केन्द्रका नरविर चलाउनेले १ हजार ५ सय ३८ मत प्राप्त गर्नुभएको थियो ।  यस्तै उपाध्यक्षमा एमालेकै पुष्पा बोहराले माओवादी केन्द्रकी भुमि बुढाथोकीलाई पराजित गर्दै उपाध्यक्ष जित्नुभएको छ । उहाँले १ हजार ९ सय ४६ मत प्राप्त गरीन भने प्रतिद्वन्द्वी बुढाथोकीले १ हजार ५ सय ९९ मत प्राप्त गर्नुभयो ।

५ वटा वडा रहेको ढोरचौर गाउँपालिकामा वडा नम्वर १ र २ माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका थिए । ढोरचौर गाउँपालिका ४ को वडा अध्यक्ष भने बराबर मत भएपछि गोलाप्रथाबाट चयन गरीएको छ । नेपाली काँग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोका दुवैले बराबर मत ३ सय २१ प्राप्त गरेपछि गोलाप्रथाबाट कांग्रेसका दिनेश विएमलाई विजयी हुनुभयो ।

अध्यक्ष बाहेक सवै वडाहरुमा एमालेका उम्मेदवारहरु विजयी भएका थिए । ९ स्थानिय तह मध्ये बाँकी ७ वडामा तीनमा माओवादी केन्द्र, दुईमा एमाले, एकमा नेपाली कांग्रेस र एकमा राप्रपाले अग्रता कायम गरेका छन् ।

तपाईको प्रतिक्रिया