Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – क्षेत्रफलको हिसाबले कास्कीको सबैभन्दा ठूलो गाउँपालिका मादीको अध्यक्षमा एमालेका उम्मेद्वार विजयी भएका छन् । एमालेका उम्मेद्वार वेदबहादुर गुरुङले नेपाली कांग्रेसका उम्मेद्वार देवीजंग गुरुङलाई ९ सय ८४ मतले पराजित गर्दै विजयी हुनुभएको हो ।

उहाँले ४ हजार ६ सय ३७ मत पाउनुभएको ५ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवीजंग गुरुङ्गले ३ हजार ६ सय ५३ मत पाउनुभयो । उपाध्यक्षमा एमाले कै उम्मेद्वार बिष्णु पौडेल कांग्रेस उम्मेद्वार प्रभाश्री गुरुङलाई १ हजार ३ सय ९२ मतले पराजित गर्दै विजयी हुनुभएको छ ।
पौडेलको ४ हजार ५ सय २३ मत आउँदा गुरुङको ३ हजार १ सय ३१ मत आयो ।

१२ वडा रहेको मादी गाउँपालिकाको १, २, ४, ६, १० र १२ नम्बर वडामा एमालेले जितेको छ भने ३, ५ र ८ मा कांग्रेसले तथा ७, ९ र ११ नम्बर वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

तपाईको प्रतिक्रिया