Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

नुवाकोट – नुवाकोटको तादी गाउँपालिकामा नेपाली कांग्रेस अगाडी देखिएको छ । तादी गाउँपालिकको वडा नम्बर १ को मत गणना जारी छ । अहिलेसम्म ८२३ मत गणना भएको छ ।

नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले ३४८, नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी लामिछानेले २८५ र नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार मानसिंह तामाङ १५४ मत ल्याएका छन् ।

त्यस्तै, विदुर नगरपालिकाको वडा नम्बर १ को मतगणना जारी छ । २ सय ८७ मत गनिएकोमा नेकपा एमालेका मेयरका उम्मेदवार सन्जु पण्डितले १५०, नेपाली कांग्रेसका मेयरका धु्रव अधिकारीले १०७ मत ल्याउनु भएको छ । नेकपा माअ‍ोवादी केन्द्रमा मेयरका उम्मेदवार लिलानाथ न्यौपानेले १४ मत ल्याउनु भएको छ ।

तपाईको प्रतिक्रिया