Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

कालिकोट  – कालिकोटको नन्दादेवी मावि सेरापाटामा मतपेटी खोस्ने क्रममा भएको झडपमा परी घाइते भएका एकजनाको ज्यान गएको छ । पेटमा गोली लागेका नरहरीनाथ गाउँपालिका  ६ बस्ने ४५ वर्षिय धनरुप बटालाको ज्यान गएको हो ।  यस्तै गोली लागेर घाइते भएका तीनमध्ये एक जनाको अवस्था गम्भीर छ ।

नरहरिनाथ गाउँपालिकाकै ३० वर्षका दानबहादार बटालाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै ३२ वर्षका कुलबहादुर बटाला र ४५ वर्ष व्यासी बिकलाई पनि गोली लागेको छ ।

आइतबार विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताले मतपेटिका खोसे पछि फायरिङ भएको थियो । गोली लागि घाइते भएकाको अझै उपचारर हुन सकेको छैन । उपचारका लागि हेलिकोप्टर लिन गए पनि खराब मौसमका कारण अवतरण हुन नसकेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया