Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

जुम्ला  – जुम्लाको चन्दननाथ नगरपालिका तथा पातारासी, हिमा, कनकासुन्दरी गाउँपालिकामा मतगणना सुरु भएको छ । चन्दननाथ नगरपालिकाको वडा नम्बर १ बाट मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो ।

जसमा नेपाली कांग्रेसको तर्फबाट प्रमुखका उम्मेद्वार कान्तिका सेजुवालले १०० तथा उपप्रमुख जगतबहादुर खत्रीले ८३, नेकपा एमालेको तर्फबाट प्रमुखका उम्मेद्वार शान्तिलाल महतले २७ तथा उपप्रमुख मेनका रेग्मी चौलागाईले २४ र नेकपा माओवादी केन्द्रका तर्फबाट प्रमुखका उम्मेद्वार अशोक श्रेष्ठले ७२ तथा उपप्रमुख उम्मेद्वार अप्सरा न्यौपानेले ७१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत न्यौपानेले जानकारी दिनुभयो ।

जिल्लाका तीन गाउँपालिकाको मतपरिणामा सञ्चार सम्पर्क हुन नसकेको थाह भएको छैन । तिला, गोठिचौर, सिंजा र तातोपानी गाउँपालिकामा भने अहिले बिहानबाट मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।

तपाईको प्रतिक्रिया