Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – रामेछापमा मतदान शान्तिपूर्ण रुपमा सकिएको छ । रामेछापमा ७० प्रतिशत मत खसेको रामेछापका मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।

मतदान सकिएपछि आजैबाट मत गणना सुरु गर्ने निर्वाचन आयोगले भनेता पनि रामेछाप जिल्लाको भौगोलिक विकटताको कारण मतपेटीका संकलन गर्न समय लाग्ने र अर्कोतर्फ जिल्लाको उत्तरी क्षेत्रमा ठूलो मात्रामा वर्षात भइरहेकाले भोलि मात्र मत गणना गरिने भएको छ ।

आइतबार रातिसम्म मतपेटीका सम्बन्धित नगरपालिका र गाउँपालिकामा संकलन गरिने र भोलि बिहान सर्वदलीय बैठक राखि बिहान १० बजेबाट मत गणना प्रक्रिया सुरु गरिने मुख्य निर्वाचन अधिकृत शिवाकोटीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया