Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

काठमाडौं – जिल्ला कारागार झापामा कैद भुक्तान गरिरहेकी एक कैदी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरमपुर–४ निवासी २० वर्षीया सरु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

अपहरण तथा शरीरबन्धक मुद्दामा २०७१ फागुन १८ गतेदेखि उनी कारगारमा रहेकी थिइन् । उनलाई जिल्ला अदालत झापाले आठ वर्षको कैद फैसला गरेको थियो । सोहीबमाजिम उनले कारागारमा कैद भुक्तान गरिरहेको प्रहरीले जनाएको छ ।

पाठेघरसम्बन्धी समस्या देखिएपछि उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पुर्याइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरि शर्माले बताउनुभयो । उहाँका अनुसार तामाङको उपचारकै क्रममा हिजो मङ्गलबार अस्पतालमा नै मृत्यु भएको थियोे ।

तपाईको प्रतिक्रिया