Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं  – जनतालाई स्वास्थ्यप्रति थप जिम्मेवार बनाउन मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ अभियान सुरु भएको छ । काठमाडौंको वसन्तपुरमा प्रधानमन्त्री पुष्पकमल दाहालले झण्डोत्तोलन गरेर अभियानको शुभारम्भ गर्नुभयो ।

त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालाबाट सुरु भएको र्याली बसन्तपुर पुगेको थियो । कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, स्वास्थ्य मन्त्री गगन थापा, स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती, अभिनेतृ मनिषा कोइरालालगायत उपस्थित हुनुहुन्थ्यो ।

अभिनेतृ कोइरालाले जीवनशैली नफेरि स्वस्थ हुन नसकिने कुरा आफूले भोगेको उल्लेख गर्दै स्वस्थ रहन सबैभन्दा ठूलो हात ब्यक्ति स्वयमको हुने बताउनुभयो । म मदिरा र सुर्तीजन्य पदार्थ खान्न, नियमित ब्यायाम गर्छु, स्वास्थ्य परिक्षण नियमित गराउँछु, पोषणयुक्त खानेकुरा खान्छु, परिवारको स्वास्थ्यप्रति सचेत रहन्छु भन्ने पाचँवटा प्रतिवद्धता गर्न र ती प्रतिवद्धतालाई ब्यवहारमा लागू गर्न स्वास्थ्य मन्त्रालयले सवैलाई आग्रह गरेको छ ।

यो अभियान ब्यक्ति स्वयमका लागि भएकाले आफू स्वस्थ हुने कुरामा सबैले साथ दिने अभियान सफल हुने स्वास्थ्य मन्त्री गगन थापाले विश्वास ब्यक्त गर्नुभयो ।

अहिले जीवनशैलीमा आधारित रोगको उच्च प्रकोप, समयमै रोगको पहिचान र रोकथाम हुन नसक्दा परिवार र देशका लागि हेरचाह र उपचारको खर्चको भारमा वृद्धि, अकाल मृत्यु र अपाङ्गताको वृद्धि भइरहेकाले जीवनशैलीमा सकारात्मक परिवर्तनबाट स्वस्थ जीवन पाउन सकिने मन्त्री थापाको भनाई छ । वर्षभरि सञ्चालन हुने अन्य कार्यक्रमसँगै यो अभियानलाई जोडेर स्थानीय तहसम्म लगिने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया