काठमाडौँ – चर्चित लोक तथा दोहोरी गाएक प्रसाद खप्तरी मगरले आम लोक पारखीहरुको लागि नयाँ वर्षको अबसर पारेर फेरी अर्को मौलिक गीत बजारमा ल्याउनुभएको छ । । नयाँ बर्ष २०७४ सालको मंगलमय शुभकामना सहित गाएक खप्तरीले गुल्मीको भार्सेमा प्रचलित प्राचिन संस्कृति झल्किने मौलिक सालैजो ठाडो भाका बिना सालैजो युट्युब मार्फत शुक्रबार सार्वजनिक गर्नुभएको हो ।
गुल्मीको भार्से र भार्से आसपासको क्षेत्रमा प्रचलित मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यले भार्सेली समाजसेबी लेफ्टिनेन्ट कुल बहादुर बुढाथोकी र थल श्रीस मगरको अगुवाइमा यो ठाडो भाका तयार गरिएको हो । गायक प्रसाद खप्तरी मगरको लय तथा शब्द रहेको यो गीतमा बहुचर्चित कलाकाहरु देबी घर्ती, श्रीबुढाथोकी र सञ्जु थापा मगरले स्वर दिएका छन् ।
बीबी अनुरागीले एरेन्ज गरेको गीत राजधानीको प्रिज्म रेकडिङ्ग स्टूडियोमा रेकर्ड गरिएको हो । भार्से मै तयार गरिएको म्यूजिक भिडियो पनि उत्तिकै उत्कृष्ट र जीवन्त रहेको छ । मौलिकता र संस्कृतिलाई जोगाउने उद्धेश्यले तयार गरिएको भिडियोको छायाङ्कन दुर्गा पौडेलले गर्नुभएको छ । भार्से मै तयार गरिएको भिडियोमा त्यस क्षेत्रमा रहेको मौलिक संस्कारलाई जस्ताको तस्तै उतार्ने प्रयास गरिएको छ ।
सबै कलाकारहरु ब्यवसायिकताका नाममा उत्ताउला गीतहरु गाउने होडबाजिमा लागेका बेला खप्तरीले भने मौलिक संस्कारको जगेर्ना गर्न तर्फ लागि परेका छन् । हुन त पछिल्लो समय पारिवारिक रुपमा हेर्न समेत अप्ठेरो लाग्ने म्यूजिक भिडियो बनिरहेका बेला प्राचिन संस्कारलाई खप्तरीले जस्ताको तस्तै उतार्ने प्रयास गर्नुभएको छ ।
उहाँको योगदानले लोकसंगीतको क्षेत्रमा महत्वपूर्णं भूमिका खेल्ने धेरैको बुझाई छ । सालैजो, सोरठी र ठाडो भाका बढी गाउने खप्तरीका गीत खुर्पेटोमा आसी, सालैजो, उनकै हुन पाउँछु पाउँदिन लागएतका दर्जनौ गीतहरु बजारमा चर्चामा रहेका छन् ।
हेर्नुस गुल्मी भर्सेको मौलिक ठाडो भाका बिना सालैजो – भिडियो