Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सुनको भाउ बुधबार एकै दिन ७ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ५४ हजार ७ सय रुपैयाँ रहेको सुनको भाउ बुधबार ५५ हजार ४ सय रुपैयाँमा पुगेको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्दा नेपाली बजारमा पनि महंगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ पर्ख र हेर को अवस्थामा रहेकाले अबका दिनमा भाउ बढ्ने र घट्ने बारे भन्न सकिने अवस्था नरहेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ । बुधबार चाँदीको भाउ तोलामा ८१० रुपैयाँ छ ।

तपाईको प्रतिक्रिया