Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौँ – बलिउडकी अहिलेकी सर्वाधिक प्रिय नायिका हुनुहुन्छ दिपिका पादुकोण । ब्याक टु ब्याक हिट फिल्म दिइरहेकी दिपिकाको उचाइतिरको यात्राले रोकिने छाँट देखाएको छैन । पछिल्लोपटक त उहाँले भिन डिजेलसँग हलिउड फिल्म पनि खेल्नुभयो । ट्रिपल एक्स सिरिजको पछिल्लो ‘द रिटर्न अफ जेन्डर केज’ मा दीपिका र भिनको केमेस्ट्रीको खुबै चर्चा पनि भयो । त्यसो त फिल्मले त्यस्तो उल्लेख्य रूपमा बक्सअफिस तताउन सकेन ।

अग्लो कदकी आकर्षक दीपिकाका लागि चाहने फ्यानको लर्को लामो होला । तर उहाँ आफैं चाहिँ के चाहनुहुन्छ होला ? प्रेमका मामिलामा त उहाँ यति बेला नायक रनवीर सिंहसँग नजिक रहनु भएको मानिन्छ । भलै, दुवैले आफूहरूबीचको सम्बन्धलाई लिएर चल्ने गसिपमा आपत्ति र समर्थन केही जनाएका छैनन् । तर पनि ‘राम–लीला’ देखि ‘बाजीराव मस्तानी’ हुँदै ‘पद्मावती’ सम्म स्क्रिन सेयर गरेका रनवीर–दिपिका जोडी रियलमा पनि नजिक छ । भारतीय सञ्चारमाध्यममा हालैको अन्तर्वार्तामा दिपिकालाई सोधियो, ‘तपार्इंलाई मर्नुअघि गर्न मन लागेको महत्त्वपूर्ण एक चीज के हो ?’ अविवाहित ३१ वर्षीया नायिकाले सहजै भनिदिनु भयो, ‘मर्नुअघि मलाई गर्नै मन लागेको एउटा चीज भनेको धेरै बच्चाबच्ची हुन् भन्ने नै हो ।’ दिपिकाले विवाहपछि आफूलाई धेरै सन्तानको अभिभावक बन्न मन लागेको बताउनु भएको हो ।

दीपिका सम्बन्धलाई लिएर गरिने गसिपलाई समेत इन्जोय गर्न रुचाउँनुहुन्छ । त्यसैले पनि कम विवादमा आउने उनीसँग केहीअघि भीनसँग चलिरहेको सम्भावित रोमान्सलाई लिएर पनि जिज्ञासा राखिएको थियो । उहाँले भन्नु भएको थियो, ‘हेर्नोस्, बिनाआगो त धुँवा पक्कै निस्कँदैन ।’ त्यसपछि कतिपय मिडियाले दीपिका र रनवीर ब्रेकअपको चरणमा रहेको टिप्पणी गर्न समेत भ्याएका थिए । तर त्यो शंका पछि त्यसै हरायो ।

दिपिका भन्नुहुन्छ– ‘जे छ, सबै मेरो टाउकोमा छ । हो, म पनि सोच्छु, हामीसँगै छौं र दुईबीच अचम्मलाग्दो केमेस्ट्री पनि छ । हामी सँगै हुनेछौं र एक दिन भरभराउँदा हाम्रा बच्चाबच्चीहरू हुनेछन् । तर ती सबै मेरो दिमागमा मात्रै सीमित छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया