Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

अभिनय यात्रामा थप उत्साहित सोना

टोकियो – जापानलाई कर्मभूमि बनाउँदै आएकी मोडल तथा गायिका सोना केसीले अर्को नयाँ म्युजिक भिडियो हालै बजारमा ल्याएकीछिन् । ’नजर जुध्यो’ बोलको उक्त म्युजिक भिडियोमा गायक तथा मोडल सुमन परियार र सोनाको आवाज एवं अभिनय रहेको छ । ’नजर जुध्यो’ मा सुमन र सोनाको जोडी निकै जमेको पाईन्छ ।

गायक सुमन स्वयमको शब्द संयोजन, बब्बु थापाको निर्देशन, दुर्गा पौडेलको छायाङ्कन र प्रबिण भट्टको सम्पादन रहेको सो म्युजिक भिडियो बिन्ध्याबासिनी म्युजिक प्रा. लि. ले बजारमा ल्याएको हो ।
करिब तीन वर्षदेखि जापानलाई कर्भथलो बनाउँदै आएकी सोनाको आवाज रहेको यो नै पहिलो सिर्जना हो । सोनाले जापानमै रहेका अर्का गायक सूर्य खड्कासंग ’सारा सेरोफेरो’ बोलको दोहोरीमा पनि आवाज दिएकीछिन् जुन केही समय पछि बजारमा आउने बताईन् । यसैगरी उनको अभिनय रहेको अर्को म्युजिक भिडियो ’छाती चर चर’ छिट्टै बजारमा आउने क्रममा रहेको छ ।

रुची र क्यारियरको हिसाबले अभिनय पहिलो र गायन दोस्रो प्राथमिकतामा पर्ने बताउने सोना पछिल्ला समयमा दोहोरी गायनमा पनि निकै खारिदै र परिपक्व हुँदै आएको स्वयम आफैलाई महशुस हुन थालेको बताउँछिन् । आफ्नो गायन यात्रामा खारिने अवसर भने टोकियो रोधी क्लवले प्रदान गरेको सोना बताउँछिन् । विगत एक वर्षदेखि सोना टोकियो रोधी क्लवमा अनुबन्धित छिन् ।

आफ्नो ६ बर्षको अभिनय यात्रामा करिव सयभन्दा बढि म्युजिक भिडियोमा अभिनय गरिसकेकी सोनाको अभिनय यात्रा भने ‘जिम्माल बाउँको आँगनी’ बाट सुरु भएको बताईन् । त्रिवेणी फिल्मसको सहयोगमा आफुलाई अभिनय यात्रामा लाग्न प्रेरणा मिलेको बताउने सोनाले पछिल्लो सिर्जनाबाट आफु अत्यन्त सन्तुष्ट मात्र होइन, प्राप्त सकारात्मक प्रतिक्रियाहरुबाट निकै उत्साहित भएको बताईन् । उनले भनिन् – ’भविष्यमा प्राप्त हुने अवसर र भूमिकालाई समन्वय गर्दै अभिनय यात्रालाई निरन्तरता दिने दृढ संकल्प गरेकी छु । बिदेशमा बसेर अभिनय यात्रालाई अगाडि बढाउन त्यति त सहज छैन, रेकर्डिङ, छायाङ्कन, निर्देशन लगायतका प्राविधिक समस्याहरु आफ्नै ठाउँमा छन् त्यसमाथि समय र टिमको संयोजन गर्न निकै कठिन हुन्छ’ – उनले भनिन् ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया