Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – पाल्पाको दोभान गाविस– २ र कोलडाँडा गाविस –९ बाट बुटवलमा ल्याउन थालिएको झुम्सा खानेपानी आयोजना अझ विस्तारित हुने भएको छ । स्थानीयवासीका माग सम्बोधन गरेर उक्त आयोजना विगतभन्दा ठूलो क्षमताका रुपमा बुटवलमा ल्याउने तयारी सुरु भएको छ ।

बहुचर्चित झुम्सा आयोजनाको अधिकांश काम पूरा भए पनि विभिन्न कारणले रोकिएको अवस्थामा सो आयोजनाको क्षमता ठूलो बनाएर बुटवलवासीको पानीको माग पूर्ति गर्ने उद्देश्यसहित बुटवल खानेपानी संस्थानले काम गरेको छ । पहिलाभन्दा दोब्बर पानी ल्याएर बुटवलमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्ने संस्थानको जिकिर छ ।

पहिलो डिजाइन अनुसार कम्तीमा दैनिक ८० लाख लि पानी ल्याउने योजना अब परिवर्तन गरेर दैनिक करिब ३ करोड लि पानी ल्याउने योजना खानेपानी सस्ंथानको छ । सोका लागि करिब रु एक १ बजेटसमेत छुट्टाइएको छ । बुटवल खानेपानी संस्थानका प्रमुख मोहनदत्त भट्टले पुरानोभन्दा थप पानी ल्याउनका लागि बजेट छुट्टाइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया