Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025
काठमाडौं – सन् १९९२ जुन २६ मा भारतमा एउटा फिल्म रिलिज भयो, ‘दिवाना’ । उक्त रोमान्टिक एक्सन फिल्मको लिडमा थिए, ऋषि कपुर र दिव्या भारती । प्रसिद्ध गायक रविको भूमिकामा रहेका ऋषिले दिव्या उर्फ काजललाई बिहेलगत्तै निधनको हल्ला चलाइन्छ । विधवा बनेकी दिव्यालाई अपनाउन फिल्मको दोस्रो भागमा आइपुग्छन्, राजा । तिनै राजा, जो त्यसपछि लगातार २५ वर्ष बलिउडमा किङ खानको उपमाले चिनिएका छन्, शाहरूख खान ।

‘दिवाना’ बाट शाहरूखले उत्कृष्ट डेब्युको फिल्म फेयर अवार्ड नै जिते । फिल्म पनि उक्त वर्षको ‘बेटा’ पछि सर्वाधिक कमाइ गरेर ब्लकबस्टर्समा दरियो । ‘दिल आसना है’ लाई केहीले शाहरूखको डेब्यु भने तापनि रिलिजका आधारमा भने ‘दिवाना’ नै उनको पहिलो फिल्म थियो । त्यसको दोस्रो सातामै शाहरूखको दोस्रो फिल्म ‘चमत्कार’ पनि रिलिज भयो । जसमा उनी उर्मिला मातोडकरसँग सोलो हिरोका रूपमा देखिए ।

र, पहिलो फिल्म रिलिजको चार महिनाभित्रमा शाहरूखले हलमा ह्याट्रिक हाने, ‘दिल आसना है’ मार्फत । हेमा मालिनीको निर्देशन र निर्माण दुवै रहेको उक्त फिल्ममा पनि शाहरूख दिव्या भारतीसँगै देखिएका थिए । अन्तत: बलिउड टेकेको पहिलो वर्षको पाँचौं महिनामा उनले दर्शकका लागि पाँचौं फिल्म दिए, ‘राजु बन गया जेन्टलम्यान’ । जुही चावलासँगको शाहरूखको केमेस्ट्रीलाई दर्शकले अत्यधिक रुचाइदिए ।

लगत्तै अर्को वर्ष पनि शाहरूखका पाँच वटै फिल्म रिलिज भए, ‘माया मेमसाब’, ‘पेहला नशा’, ‘किङ अंकल’, ‘बाजिगर’ र ‘डर’ । ‘बाजिगर’ मा शाहरूखले करिअर सुरुवातको दोस्रो वर्ष नै एन्टी हिरोको भूमिकामा आफूलाई प्रयोग गराए । अन्तत: सोही रोल उनका लागि ब्रेक थु्र साबित भयो । अजयको भूमिकाका लागि शाहरूखलाई फिल्म फेयर अवार्ड नै मिल्यो । र, शाहरूख र काजलको पहिलो फिल्म पनि यही थियो ।

‘बाजिगर’ बाट एक्टरको फिल्म फेयर जितेकै वर्ष शाहरूख ‘डर’ का लागि बेस्ट नेगेटिभ रोलका लागि पनि नोमिनेट भएका थिए । यसै फिल्मबाट सनी देवल नायकका रुपमा बलिउडमा डेब्यु गरेका हुन् । जबकि ‘डर’ को दुवै भूमिकाका लागि सनीलाई रोज्न दिइएको थियो । पछि सनीले नायकमा खेल्ने गरी छोडेको भूमिकामा शाहरूखलाई लिइएको हो । शाहरूखको त्यसै वर्ष आएको अर्को फिल्म ‘माया मेमसाब’ ले पनि नेसनल फिल्म अवार्ड जित्यो । जसमा शाहरूखले दीपा शाहीसँग न्युड सिन नै दिएका थिए । तर उक्त दृश्यपछि सेन्सर बोर्डले राख्न दिएन ।

जहानियाँतन्त्र हाबी रहेको बलिउडमा शाहरूख फिल्म खानदानबाट आएका थिएनन् । नयाँदिल्लीमा ५१ वर्षअघि जन्मेका शाहरूखका पिता पठान र आमा हैदराबादी हुन् । भाडाको अपार्टमेन्टमा हुर्केका शाहरूखका बाबु रेस्टुरेन्ट व्यवसायी थिए । शाहरूख स्कुलमा छिटफुट स्टेज नाटकमा अभिनय गर्थे र तारिफ कमाउँथे । अभिनेत्री अमृता सिंह उनकै स्कुले को–एक्टर थिइन् । अर्थशास्त्रमा स्नातक गरे पनि शाहरूखको मन भने दिल्लीकै थिएटर एक्सन ग्रुपले खिचिदियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया