काठमाडौँ – आगामी माघ २० गते रोधी सिने अवार्ड वितरण कार्यक्रम आयोजना हुने भएको छ । रोधीं डिजिटलले ’निर्मातालाई सम्मान, प्रतिभाको मूल्यांकन’ को सन्देशसहित अवार्ड वितरण कार्यक्रम आयोजना गर्न लागेको हो ।
राष्ट्रिय नाचघर जमल काठमाडौंमा हुने कार्यक्रममा करिब दुई दशकदेखि चलचित्र क्षेत्रमा रहेका प्रितम गुरुङद्वारा निर्देशित ४० वटा चलचित्रबीच प्रतिस्पर्धा गराई विभिन्न १८ विधामा उत्कृष्ट अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
अवार्ड उत्कृष्ट नायक, नायिका, खलनायक, क्यामरा, इडिट, गायक, गायिका, संगीत लगायत १८ विधामा प्रदान गरिने राजधानीमा आज आयोजित पत्रकार् सम्मेलनमा निर्देशक प्रितम गुरुङले जानकारी दिनुभयो ।
कार्याक्रममा गुरुङ चलचित्रका कालाकारहरुद्धारा विविध सांस्कृतिक कार्याक्रम पनि हुनेछ । रोधि डिजिटलले २०५२ सालदेखि गुरुङ समुदायमा लोप हुदै गएको भाषा, संस्कृति संरक्षण र सम्बर्धन गर्ने उद्धेश्यले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
जनजातिका संस्कृतिमा आधारित चलचित्रहरु अहिले पनि राष्ट्रिय स्तरमा प्रदर्शन हुन नसकिरहेको अबस्थामा रोधी डिजिटलले एकल रुपमा गर्न लागेको यो प्रयास सह्रायिन भएको चलचित्र क्षेत्रका जानकारहरुको भनाई छ ।
एकै निर्देशकले निर्देशन गरेका चलचित्रहरुबाट छनोट गरेर अवार्ड प्रदान गर्न लागिएको यो नेपाल मै पहिलो पटक हो । कार्यक्रममा गुरुङ्ग स्रष्टाहरुलाई समेत सम्मान गरिने छ ।