Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको छ । शुक्रबार फाइन गोल्ड तोलाको ५४ हजार ६ सय रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ३ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार फाइन गोल्ड तोलाको ५५ हजार रुपैयाँ र स्ट्याण्डर्ड गोल्ड ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ४ सय रुपैयाँले घटेको हो ।

हप्ताको पहिलो दिन आइतबार फाइन गोल्ड तोलाको ५५ हजार ४ सय रुपैयाँमा रस्ट्याण्डर्ड गोल्ड ५५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । समग्रमा यो हप्ता सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ । आइतबार तोलाको ८ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार तोलाको ७ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

तपाईको प्रतिक्रिया