Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

कामठाडौं – यमबुद्धको नामले चिनिने चर्चित र्‍याप गायक अनिल अधिकारीको शव भोली नेपाल ल्याइने भएको छ । श्रीमतीसहित लण्डनमा बस्दै आउनुभएका उहाँले गत माघ १ गते (जनवरी १४) आत्महत्या गर्नुभएको थियो ।

परिवारले शव नेपाल ल्याउने इच्छा राखेपछि भोली ल्याउन लागिएको हो । उहाँको शव इत्तेहाद एयरबाट भोली दिउँसो ३ बजे काठमाडौं ल्याउने पारिवारिक स्रोतले जनाएको छ ।

परिवारका अनुसार, त्रिभुवन विमानस्थलबाट उहाँको पार्थिव शरीर प्रज्ञा भवन कमलादीमा लगेर श्रद्धाञ्जलीका लागि केही समय राखिने र सोही दिन पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

२९ वर्षीय अधिकारी गत माघ १ गते शनिबार बिहान लण्डनको साउथ ह्यारोस्थित घरको बाथरुममा झुण्डिएको अवस्थामा भेटिनुभएको थियो ।

एक दशकअघि नेपाली र्‍याप संगीतमा पाइला चालेका अधिकारीको ‘मेरो जुत्तामा’, ‘साथी’, ‘आउँदै छु म’, ‘फुटपाथ मेरो घर’ लगायत एल्बम निस्किएको छ । पछिल्लो समय उहाँ ‘खतरा’ नामक एल्बम ल्याउने तयारीमा रहनुभएको थियो ।

तपाईको प्रतिक्रिया