Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन २३, २०८१
Wednesday, October 9, 2024

एडिलेड – मुसहर बस्ती निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेसनलाई अष्ट्रेलियाको एडिलेड शहरबाट १२ लाख रुपैयाँ सहयोग संकलन भएको छ ।

धुर्मुस–सुन्तली साँझ २०१७ का क्रममा हाल अष्ट्रेलियामा रहेको यो जोडीले गएराती एडिलेडमा आफ्नो प्रस्तुती दिएको थियो । सो क्रममा मुसहर वस्ती निर्माणका लागि १४ हजार ५ सय ६५ अष्ट्रेलियन डलर(अर्थात १२ लाख ४५ हजार ७ सय ६०० संकलन भएको छ ।

‘हामीले अपेक्षा गरेभन्दा झण्डै दोब्बर सहयोग यहाँबाट प्राप्त भयो’ सीताराम कट्टेल ‘धुर्मुस’ले भन्नुभयो, मसुहर वस्ती निर्माणमा अष्ट्रेलियाबासी नेपालीको योगदानको म उच्च प्रसंसा गर्दछु । ‘

प्राप्त सहयोगमध्ये भुटानी नेपालीहरूको संस्था अहिंसाको तर्फवाट अध्यक्ष बिर्ख मगरले २०४५ डलर प्रदान गर्नुभएको थियो ।

धुर्मुस सुन्तलीलार्इ सहयोग प्रदान गर्न चाहनेहरूले अहिले पनि सम्पर्क गरिरहेको र सहयोग थपिने क्रम जारी रहेको कार्यक्रम आयोजक दीपक लामाले जानकारी दिनुभयो ।
यसअघि सिड्नीमा भएको कार्यक्रममा झण्डै १७ लाख रुपैयाँ संकलन भएको थियो ।

तपाईको प्रतिक्रिया