Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – भारतले प्रतिबन्धित नोट साट्ने/नसाट्ने बारे ठोस निर्णय नदिँदा नोट सटही गर्ने बारे अन्यौल झनै बढेको छ । भारतले पाँच सय र एक हजार दरका नोटमा  प्रतिबन्ध लगाएको २ महिना भन्दा लामो समय बितिसक्दा समेत अझै सटहीबारे ठोस निर्णय नभएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बैंकका प्रवक्ता नारायण  पौडेलका अनुसार नोट सटहीबारे भारतमै गएर छलफल गरे पनि भारतीय पक्षले प्रतिबन्धित नोट साटिदिने आश्वासन मात्र दिएको छ । प्रतिबन्धित नोट कहिले र कसरी सटही गर्ने बारे कुनै आधिकारिक जानकारी नदिँदा अन्यौल झनै बढ्दै गएको उहाँले बताउनुभयो ।

भारतीय नोटमा लागेको प्रतिबन्धले सीमावर्ती क्षेत्रका नेपाली नागरिक बढी प्रभावित भएका छन् । सामान्य घर खर्चदेखि लिएर उपचार सेवा समेत प्रभावित हुने गरेको उनीहरुले बताएका छन् ।

पाँच सय र एक हजारको भारतीय नोटमा प्रतिबन्ध लागेपछि सीमा क्षेत्रमा नोट साटिदिने बहानामा उनीहरु ठगीमा समेत पर्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया