Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले पर्यटक बसपार्क निर्माणका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ ।

टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिबान)को छैटौँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘मुलुकको अर्थतन्त्रको सशक्त माध्यम पर्यटन क्षेत्र भएकोले यसको विकासका लागि पर्यटकीय बसपार्क निर्माण गर्न सरकार सकारात्मक छ ।’ मन्त्री शाहीले ‘हालसम्म कान्तिपथमा लाइन लागेर एकबिहानै पर्यटक बोकेर चितवन र पोखरा जाँदा समस्या भएको छ, यो समस्यालाई सरकारले राम्रोसँग बुझेको छ, यसको समाधानका लागि आवश्यक पहल हुन्छ भन्नुभयो ।’

देशको अर्थतन्त्र विकासका लागि बाह्य पर्यटक भित्र्याउने कार्यमा विशेष जोड दिनुपर्ने उल्लेख गर्दै उहाँले देश विकासमा राजनीतिक दलसँगै नागरिकको पनि उत्तिकै महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया