Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – प्रतिबन्धित हजार र पाँच सयको भारतीय नोट सटहीबारे छलफल गर्न डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको नेतृत्वमा राष्ट्र बैंकको एक टोली भारत जाने भएको छ ।

भारतले बोलाएपछि डेपुटी गभर्नर सँगै विदेशी विनिमय विभाग प्रमुख भिष्मराज ढुंगाना, अर्थमन्त्रालयका सहसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव र भारतका लागि नेपाली राजदुताबासका एक प्रतिनिधिसहित भारतमा जान लागेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताउनुभयो ।

भारत जाने मिति एकिन नभए पनि भारतले बोलाएपछि अब नेपालमा रहेका भारतीय नोटको सटहीको ढोका खुलेको प्रवक्ता पौडेलले बताउनुभयो ।

गएको नोभेम्बर ८ मा हजार र पाँच सयको भारतीय नोटमा प्रतिबन्ध लागेपछि नेपालमा रहेका नोटबारे अन्यौल बढेको थियो ।

भारतीयहरुलाई भने प्रतिबन्धित नोट साट्ने समय डिसेम्बर ३० सम्मका लागि दिइएको थियो । नेपालमा एक जनाले २५ हजार रुपैयाँसम्म भारतीय नोट राख्न पाउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया